Logo

धादिङमा खसेको पहिरो पन्छाईयो, दुईतर्फी सवारीसाधन सुचारु

धादिङमा खसेको पहिरो पन्छाईयो, दुईतर्फी सवारीसाधन सुचारु



काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा मंगलबार बिहान खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

मंगलबार बिहान करिब ५ः४० बजे खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेर यात्रुहरू अलपत्र परेका थिए। करिब १० घण्टा लगाएर पहिरो हटाइएपछि मात्र सडक आवागमन सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।

पहिरो ठूलो भएको कारण पन्छाउन धेरै समय लागेकाले सडक विभागले काठमाडौं आउजाउ गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्