Logo

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा आजदेखि हकप्रद सेयर निष्कासन गरेको हो ।

laxmi

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गरेको हो ।

उक्त सेयरमा फागुन २ गतेसम्म ओदन दिन सकिने कम्पनीले जनाएको छ । हकप्रद जारी गर्नका लागि कम्पनीले गत पुस २१ गते बुक क्लोज गरेको थियो ।

उक्त हकप्रद सेयर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL