Logo

गुराँस लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, १७.७८ प्रतिशत लाभांश स्वीकृत

गुराँस लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, १७.७८ प्रतिशत लाभांश स्वीकृत



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १७.७८ प्रतिशत लाभांश स्वीकृत भएको छ । संस्थाको छैठौं वार्षिक साधारण सभाले उक्त लाभांश स्वीकृत भएको हो ।

संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७÷७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ८ करोड ३४, लाखको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

साथै सभाले आर्थिक वर्ष ७७÷७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आ.व. ७८÷७९ का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

उक्त साधारण सभाले संस्थापक समूह ‘क’ अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL