Logo

मेरो माइक्रोफाइनान्सका सेयरधनीलाई २१ प्रतिशत लाभांश घोषणा, २० प्रतिशत बोनस सेयर पाउने

मेरो माइक्रोफाइनान्सका सेयरधनीलाई २१ प्रतिशत लाभांश घोषणा, २० प्रतिशत बोनस सेयर पाउने



काठमाडौं । मेरो माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL