Global_Ime

जीवन विकास लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति, १९ लाख ७७ हजार कित्ता आइपीओ निष्कासन गर्ने


बिजखबर संवाददाता
15 June, 2021 12:23 pm

ipo

काठमाडौं ।  जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

Yamaha

संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।

संस्थाले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी(आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ।

जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom