Logo

नेपाल भित्रियो मेक्ससको एमपीभी ‘मिफा-सेभेन’, नाइमा मोबिलिटी एक्स्पोबाट बिक्री सुरु हुने

नेपाल भित्रियो मेक्ससको एमपीभी ‘मिफा-सेभेन’, नाइमा मोबिलिटी एक्स्पोबाट बिक्री सुरु हुने



काठमाडौं । हिमालयन मोट्रक्सले नाइमा मोबिलिटी एक्स्पोबाट मेक्सस ब्राण्डको सिंगल चार्जमा ६३० किलोमिटर रेन्ज दिने एमपीभी बिक्री सुरु गर्ने भएको छ ।

कम्पनीले लग्जरी मल्टी पर्पस भ्यान (एमपीभी) मिफा–सेभेन बिक्रीको लागि उपलब्ध गराउने भएको छ । मिफा–सेभेनमा ९० किलोवाट आवरको हाइ इनर्जी डेन्सिट भएको ब्याट्री दिएको छ । सहरी क्षेत्रमा यसको डब्लूएलटीपी रेन्ज ६३० किलोमिटर छ । यसमा १८० किलोवाटको फ्रन्ट माउण्टेड इलेक्ट्रीक मोटर छ । ठूलो मोटरको कारण एथेस्ट पावर पाउन सकिन्छ । यसको पीकटर्क ३५० न्यूटन मिटर छ ।

मेक्ससले आफ्नो एमपीभीलाई फिचर लाडेड बनाउन लेदरेट सिट कभर, भेन्टीलेटेड तथा मेमोरी फङ्सन सहितको इलेक्ट्रीक ड्राइभर सिट, ८ वटा जेबीएलको प्रिमियम साउण्ड सिस्टम दिएको छ । साथै, १२।३ इन्चको ड्यूल इन्फोटेन्मेन्ट स्क्रीन र इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो पाउन सकिन्छ ।

मिफा–सेभेनमा ठूलो साइजको पानारोमिक सनरुफ दिइएको छ । दुवै साइडमा इलेक्ट्रीक पावर स्लाइडिङ डोर रहेको एमपीभीको ४५ स्थानमा ‘स्टोरेज स्पेश’ पाउन सकिन्छ । फ्ल्याट फ्लोर डिजाइन भएको मिफा(सेभेनमा ‘थर्ड रो’को सिटको लागि पनि यथेस्ट स्पेश रहेको छ । नेपाली बजारमा हिमालयन मोट्रक्सले यसको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्