काठमाडौं । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड TotalEnergies लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रा.लि. ले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै Free Service Camp आयोजना गर्न लागेको छ।
कम्पनीले सवारी साधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ।
🚘 चारपांग्रे (Four-Wheeler) सेवा शिविर:
📍 स्थान: एडभान्स अटो केयर, बुटवल
🗓 मिति: असार १२ र १३, २०८२
🕙 समय: बिहान १०:०० देखि साँझ ५:००
🔧 दुईपांग्रे (Two-Wheeler) सेवा शिविर:
📍 स्थान: धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स, भैरहवा
🗓 मिति: असार १९ र २०, २०८२
🕙 समय: बिहान १०:०० देखि साँझ ५:००
शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, TotalEnergies ब्रान्डको उच्च गुणस्तरको लुब्रिकेन्टबारे जानकारी लिन सक्नेछन्।
सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स, र सेवा सम्बन्धी सुझावहरू समेत साझा गरिनेछ। यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने विश्वास कम्पनीले लिएको छ। लक्ष्मी ल्युब आयल प्रा.लि.ले यो कार्यक्रममार्फत आफ्ना ग्राहकहरूलाई अझ नजिकबाट सेवा पुर्याउने र लुब्रिकेशन समाधानका लागि विश्वासिलो साथको रुपमा TotalEnergies लाई स्थापित गर्ने लक्ष्य राखेको छ।