Logo

आइएमई मोटर्सले ९ महिनामा गर्यो २ अर्ब २१ करोडको व्यापार, ३ अर्ब २५ करोड कर्जाका लागि रेटिङ

आइएमई मोटर्सले ९ महिनामा गर्यो २ अर्ब २१ करोडको व्यापार, ३ अर्ब २५ करोड कर्जाका लागि रेटिङ



काठमाडौं । आइएमई मोटर्सले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा २ अर्ब २१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ। रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ ले सार्वजनिक गरेको विवरणअनुसार, कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि तीन अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ।

आव २०२४ मा कम्पनीको व्यापार २ अर्ब ३४ करोड रुपैयाँ, आव २०२३ मा १ अर्ब ७५ करोड रुपैयाँ, आव २०२२ मा २ अर्ब ३७ करोड रुपैयाँ र आव २०२१ मा १ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। साथै, एक आवमा कम्पनीले तीन अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको तथ्यांक पनि देखिन्छ।

आइएमई मोटर्स भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल ब्रान्ड ‘अशोक लेल्याण्ड’ को नेपालका लागि आधिकारिक वितरक हो। कम्पनीले बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स, लाइट कमर्सियल भेहिकल्स, मिडियम कमर्सियल भेहिकल्स, ट्रक तथा टिपरहरू आयात गरी बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्