Logo

एएफसी यू–२० महिला एसियन कप छनोट : उत्तर कोरियासँग ११-० को हार

एएफसी यू–२० महिला एसियन कप छनोट : उत्तर कोरियासँग ११-० को हार



काठमाडौं । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ।

साविक विजेता तथा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै सहज जित निकालेको हो। यससँगै उत्तर कोरियाले समूहका सबै तीन खेल जित्दै ९ अंकसहित विजेता बन्दै आगामी वर्ष थाइल्याण्डमा हुने अन्तिम चरणका लागि छनोट भएको छ। छनोट चरणमा उसले कुल ३६ गोल गरेको र कुनै गोल नखाएको तथ्यांक बनाएको छ।

नेपालका लागि यो छनोटको पहिलो हार भए पनि यस पराजयसँगै अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्