Logo

नाइमाको ‘नेपाल मोबिलिटी एक्स्पो-२०८२’ का लागि स्टल बाँडफाँड सम्पन्न, यी ब्राण्ड हुँदैछन् सहभागी (नामसहित)

नाइमाको ‘नेपाल मोबिलिटी एक्स्पो-२०८२’ का लागि स्टल बाँडफाँड सम्पन्न, यी ब्राण्ड हुँदैछन् सहभागी (नामसहित)



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०८२ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म हुने उक्त प्रदर्शनीका लागि कुल ४८ वटा स्टल उपलब्ध गराइएको छ ।

कार्यक्रममा चार पांग्रे, दुई पांग्रे, र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुल ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पांग्रे ब्रान्डलाई, र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको हो ।

नेपाल मोबिलिटी एक्स्पो २०८२ ले अटोमोबाइल प्रदर्शनीमा नयाँ सोच प्रस्तुत गर्ने नाइमाको दावी छ । यो एक्स्पोले आगन्तुक र प्रदर्शक दुवैका लागि नयाँ अनुभव र थप मूल्य प्रदान गर्नेछ। यसले नेपालमा विकसित हुँदै गएको मुभिलिटी संस्कृतिको झलकसमेत दिनेछ।

उक्त प्रदर्शनीको व्यवस्थापन मिडिया स्पेस सोलुसन्स प्रालिले गर्नेछ, जुन प्रदर्शनी आयोजना तथा व्यवस्थापनको क्षेत्रमा अनुभवी संस्था हो। एक्स्पोमा सहभागी हुने चारपांग्रे सवारीसाधन ब्रान्डहरूमा बिईवाईडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेन्री भल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोदा एण्ड जैकू, प्युजो, प्रोटोन, रेनो, टोयोटा, भोक्सवागन र जीकर रहेका छन्।

दुईपांग्रे सवारीसाधन ब्रान्डहरूमा एम्पेयर, अथर, बजाज, बेनेली, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल एनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टिभिएस, अल्ट्राभायोलेट, याडेया र जिहो रहेका छन्। व्यवसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, डोङफेङ, फ्यारिजोन, ह्वाजि, कामा, क्यारी, किङलोङ र सनलोङ सहभागी हुने छन्।

प्रतिक्रिया दिनुहोस्