Logo

टोयोटा गाडीको बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते मोटर र्‍याली गर्ने

टोयोटा गाडीको बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते मोटर र्‍याली गर्ने



काठमाडौँ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते मोटर र्‍याली आयोजना गर्दै छ । सो र्‍यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धन गर्नु रहेको बताइएको छ ।

laxmi

२० वर्षअघिदेखि सुरु भएको र्‍याली मोटर स्पोर्टस्‌को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ । र्‍यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास छ ।

कम्पनीले र्‍यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ । र्‍यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ ।

यो र्‍याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍याली हो । टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तव्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुनेछ र त्यही सबैलाई मध्यनजर गरी अन्त्यमा विजेता घोषणा हुनेछ ।

यो र्‍यालीमा काठमाडौँको विभिन्न सहरहरू परिक्रमा हुनुको साथै सांस्कृतिक सम्पदा हुँदै गन्तव्यमा पुगी र्‍यालीको समापन हुनेछ । अन्त्यमा कम्पनीले विजेताहरूलाई उचित पुरस्कार उपलब्ध गराउनुको साथै र्‍याली समापन हुने ठाउँमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य यस र्‍यालीमा कार्निवल आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL