Logo

टाटा मोटर्स बन्यो सबैभन्दा मूल्यवान अटो कम्पनी, एसयूभी सेग्मेन्टमा उच्च व्यापारले नाफामा सुधार

टाटा मोटर्स बन्यो सबैभन्दा मूल्यवान अटो कम्पनी, एसयूभी सेग्मेन्टमा उच्च व्यापारले नाफामा सुधार



काठमाडौं । टाटा मोटर्स बजार क्यापको हिसाबले भारतको सबैभन्दा मूल्यवान अटो कम्पनी बनेको छ । भारतकोे सबैभन्दा ठूलो अटो कम्पनी मारुती सुजुकी इन्डियालाई पराजित गर्दै यसले यो उपलब्धि हासिल गरेको हो ।

laxmi

मंगलबार टाटा मोटर्सको मार्केट क्याप २,८५,५१५.६४ करोड भारतीय रुपैयाँ पुगेको छ भने टाटा मोटर्स लि.(डिभिआर) को बजार पूंजीकरण २९,११९.४२ करोड रुपैयाँ थियो । समग्रमा यो ३,१४,६३५.०६ करोड रुपैयाँ पुगेको थियो । यो मारुतीको ३, १३०५८.५० करोडको मार्केट क्याप भन्दा १,५७६.५६ करोड रुपैयाँ बढी हो । यसको मूल्यांकबाहेक, टाटा कम्पनीको मार्केट क्यापमा (डिफरेन्सियल भोटिङ राइट्स) शेयरहरू पनि समावेश छन् ।

मंगलबार बीएसईमा टाटा मोटर्सको शेयर २.१९% बढेर रु ८५९.२५ मा पुगेको छ । कारोबारको क्रममा यो प्रति सेयर ५.४०% बढेर ८८६.३० रुपैयाँमा पुगेको छ । टाटा मोटर्स–डीभीआर शेयर १.६३% बढेर रु ५७२.६५ मा पुगेको छ । जहाँ मारुतीको शेयर ०.३६ प्रतिशतले घटेर ९,९५७.२५ रुपैयाँमा बन्द भयो ।

सेन्सेक्स र निफ्टी कम्पनीहरूमध्ये टाटा मोटर्स सबैभन्दा बढी नाफा कमाउने कम्पनीहरूमा परेको थियो । डिभिआर शेयरहरू सामान्य इक्विटी शेयरहरू जस्तै हुन । तर, भोटिङ र लाभांश अधिकारहरू फरक हुन्छन् । कम्पनीहरूले जबरजस्ती अधिग्रहण रोक्न र खुद्रा लगानीकर्ताहरूलाई संलग्न गराउन डिभिआर जारी गर्छन् । भारतमा विद्युतीय सवारी साधन र एसयूभीको सफलताका साथै जगुआर ल्यान्ड रोभरको उत्कृष्ट प्रदर्शनका कारण टाटा मोटर्सको सेयर बढेको हो । पछिल्ला त्रैमासमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । एसयूभी सेग्मेन्टमा बलियो व्यापारका कारण कम्पनीको नाफामा सुधार आएको छ ।

टाटा मोटर्सले आर्थिक वर्ष २०१९ देखि २०२२ सम्म घाटा बेहोरेको थियो । तर, टाटा मोटर्सले पनि विद्युतीय सवारीको द्रुत बृद्धि भएको बजारबाट फाइदा उठाएको छ । आर्थिक वर्ष २०२३ मा कम्पनी नाफामा रह्यो । अर्कोतर्फ मारुतीले आफ्नो पहिलो इलेक्ट्रिक कार अहिलेसम्म लन्च गरेको छैन । तर, कम्पनीका पेट्रोल एसयूभी र महँगा कारले राम्रो व्यापार गरेका छन् । मार्केट क्यापको हिसाबले टाटा मोटर्स र मारुती पछि बजाज अटो तेस्रो (२.१ लाख करोड), महिन्द्रा चौथो (दुई लाख करोड), आइशर पाँचौं (एक लाख करोड), टिभिएस (९३ हजार करोड) छैटौं, हिरो मोटो कर्प (९२ हजार करोड) सातौं स्थानमा र अशोक लेल्यान्ड (५० हजार करोड) आठौं स्थानमा छ ।

संसारको सबैभन्दा मूल्यवान कार कम्पनी एलोन मस्कको टेस्ला होे । यस विद्युतीय सवारी उत्पादक कम्पनीको बजार पुँजी ६१०.१७ बिलियन डलर छ । यो विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा १० नम्बरमा छ । यस सूचीमा माइक्रोसफ्ट (३.०३६ ट्रिलियन) पहिलो, एप्पल (२.९०७ ट्रिलियन) दोस्रो, साउदी अरामको (२.०२० ट्रिलियन) तेस्रो, अल्फाबेट (१.९०७ ट्रिलियन) चौथो र अमेजन (१.६४३ ट्रिलियन) पाँचौंमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL