Logo

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा, जेसिबीका सक्कली पार्ट्सहरु उपलब्ध

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा, जेसिबीका सक्कली पार्ट्सहरु उपलब्ध



काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।

laxmi

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।

यसैअन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स, ढल्केबरमा सञ्चालनमा ल्याएको छ जसको उद्घाटन ढल्केबर –६ का वडा अध्यक्ष नन्दकिशोर यादव, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाह तथा ढल्केबरका स्थानीय ग्राहक मार्फत संयुक्त रुपमा गरिएको थियो ।

यसको शुरुवात सँगै अब ढल्केबरका ग्राहकहरुले पायल मोटर पार्ट्समार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाइनेछन् । “जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “जेसिबी लाई जेसिबी मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,” कम्पनीका प्रतिनिधिले भने।

प्रतिक्रिया दिनुहोस्
MBL