Logo

हुन्डाईको ‘फेस्टिभ कार्निवल’ भोलिदेखि, सबै शोरुमहरुमा फरक-फरक कार्यक्रम आयोजना हुने

हुन्डाईको ‘फेस्टिभ कार्निवल’ भोलिदेखि, सबै शोरुमहरुमा फरक-फरक कार्यक्रम आयोजना हुने



काठमाडौं । हुन्डाई नेपालले बडादसैं, दिपावली र छठ पर्व- २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ । हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ।

laxmi

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ। LIVE Food Stalls, LIVE सांगितिक प्रस्तुति, Kids Play Zone, गाडीसम्बन्धि आवश्यक विभिन्न DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् ।

तिनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई TikTok Contest, ‘EXTER Treasure Hunt’, Daily ‘Test Drive & Win’ र महिला चालकहरुप्रति लक्षित Hyundai ‘Wheels on Heels’ जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
MBL