Logo

Global_Ime

टाटा मोटर्सका शोरूमहरुमा एक्सचेन्ज विकेन्ड शुरु, असार १२ गतेसम्म चल्ने

टाटा मोटर्सका शोरूमहरुमा एक्सचेन्ज विकेन्ड शुरु, असार १२ गतेसम्म चल्ने



काठमाडौं । टाटा मोटर्सका शोरूमहरुमा एक्सचेन्ज विकएण्ड शुरु भएको छ । शुक्रबारदेखि सुरु भएको विकेन्ड क्याम्प असार १२ गतेसम्म काठमाडौँ लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा चल्नेछ ।

Laxmi_sunrise

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाईएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभी संग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा ईन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता रहेको छ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाईनेछ ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL