Logo

महिन्द्राको ‘एक्युभी ३००’ नयाँ भेरियन्टमा सार्वजनिक, मूल्य ४२.९५ लाख देखि सुरु

महिन्द्राको ‘एक्युभी ३००’ नयाँ भेरियन्टमा सार्वजनिक, मूल्य ४२.९५ लाख देखि सुरु



काठमाडौं । महिन्द्राले आफ्नो ‘एक्युभी ३००’ ब्रान्डलाई नयाँ रोमाञ्चक नयाँ भेरियन्टमा ल्याएको छ । जसको मूल्य ४२.९५ लाख देखि सुरु हुने दायराको साथमा पुनः नेपाली बजारमा भित्र्याएका हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै नेपालमा ‘एक्युभी ३००’ लन्च गरेको घोषणा गरिएको हो । यो कम्प्याक्ट एसयुभी चार भेरियन्टमा आउँछ । यसको मूल्य ४२।९५ लाख देखि सुरु हुन्छ । नेपालमा नयाँ ग्राहकहरूलाई स्वागत गर्न महिन्द्राले डब्लु४ भेरियन्टलाई २०१९ मा जस्तै परिचयात्मक मूल्यमा उपलब्ध गराउनेछ ।

यसको शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइनको साथ, ‘एक्युभी ३००’ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसबाहेक ‘एक्युभी ३००’लाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL