Logo

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने



काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंकबीच कर्जा समझदारी भएको छ।

जसअनुसार एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ।

सवारी कर्जाको ब्याजदर १२।८ प्रतिशत र अवधि सात वर्षको हुने बैंकले जनाएको छ। टाटाले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL