Logo

सिजी मोटर्सले ल्यायो फेस्टिवल अफर, ७ लाख रुपैयाँमा नेटा भी कार किन्ने मौका

सिजी मोटर्सले ल्यायो फेस्टिवल अफर, ७ लाख रुपैयाँमा नेटा भी कार किन्ने मौका



काठमाडौं । इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित फेस्टिवल अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ वारवरको स्किम प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी वम्परमा तीनजना भाग्यशाली विजेताले टीभी, होलिड टुर र रेफ्रिजिरेटर उपहार पाउन सक्ने बताइएको छ ।

चिनियाँ इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो कारलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी वाँकी रकमलाई सरल किस्तावन्दिमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । यो कारको मूल्य नेपाली बजारमा ३८ लाख रुपैयाँ तय गरिएको छ ।
१ लाख ४० हजार रुपैयाँ वरावरको स्किममा कम्पनीले ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत उपलब्ध गराउने जनाइएको छ ।

यसैगरी ३ जना भाग्यसाली विजेताले उपहारमा सिजी ब्रान्डको ७५ इन्चको स्मार्ट टिभी, एक जोडीलाई मेघौली सेराई रिसोर्टमा हालिडे प्याकेज र सिजी ब्रान्डकै रेफ्रिजिरेटर जीत्न सक्नेछन् । यो अफर सिमति अवधीका लागी लागु गरिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL