Logo

हुण्डाई औरा : स्टाइलिश र विभिन्न विशेषताहरुका साथ नेपाली बजारमा

हुण्डाई औरा : स्टाइलिश र विभिन्न विशेषताहरुका साथ नेपाली बजारमा



काठमाडौं । हुन्डाईका गाडीहरू नेपाली उपभोक्ताहरूका लागि प्रमुख रोजाइको गाडी बन्दै गएको कम्पनिले जनाएको छ । कम्पनिले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गदै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको जनाएको हो ।

laxmi

हुण्डाई औरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभ’ र ‘स्पिरिट टु गो द गडस्टेन्स’ द्वारा परिभाषित गरिएको छ । पुराना गाडीबाट अपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरूका लागि हुण्डाई औरा रोजाइ हुने जनाइएको छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट शैलीमा आधुनिक रहेको कम्पनिले जनाएको छ ।

हुन्डाई औरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभिटी’ र ‘स्पिरिट टु गो द डिस्टेन्स’ द्वारा परिभाषित गरिएको छ । पुरानो गाडीबाट अपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरुका लागि हुन्डाई औरा एउटा असल रोजाइ हुन सक्छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट ‘Sensuous Sportiness’ शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्छ ।

हुन्डाई औराको अगाडीको भागमा Boomerang Daytime Running Lamps (DRL), Premium Satin Front Grille र Projector type Fog Lamps जडान गरिएको छ । Coupe जस्तो ढाँचा र Unique Character Lines ले यो गाडीलाई अझै आकर्षक देखाएको छ | यसमा प्रयोग भएको R14 Diamond Cut Type Alloy Wheel ले यसको साइड प्रोफाइल आकर्षक देखाउनुका साथै Ground Clearance 165mm छ। फराकिलो र बलियो bumper design, LED Tail Lamp र Stylish 3-Dimensional Outer Lens को साथ हुन्डाई औराको पृष्ठभागको आकार निकै भिन्न छ ।

ट्रन्कको ढोकामा Chrome Strip र Glossy Black Wrap ले यसलाई आफ्नो यही segment को गाडीहरु भन्दा सबै भन्दा आकर्षक Sedan बनाउँछ । आकर्षक रुप, सवारीको सहज अनुभव र आधुनिक प्रविधिको सन्तुलित संयोजन हुन्डाई औरामा पाइन्छ ।

उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउदा सहज अनुभव गराउछ । यसमा प्रमाणित 1.2L Kappa Dual VTVT पेट्रोलले ६ हजार RPM ६००० RPM @ ८३ PS पावर र ४००० RPM @ ११.६ KGM सुधारिएको इन्धन दक्षता प्रदान गर्दछ। औरा आफ्नो सेगमेन्टमा सबैभन्दा इन्धन इफिसियन्ट गाडी हो । हुन्डाईले आजको बजारको आवश्यकता अनुरूप उत्पादनहरू क्युरेट गर्दै आएको छ । सोही कुरा हुन्डाई औराको आरामदायी र सहज विशेषताहरुमा स्पष्ट देखिन सकिन्छ ।

यसको आरामदायी क्याबिन, ग्लोभ बक्स कुलिङ, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेवल रियर हेडरेस्ट, रियर AC भेन्टस्, किलेस् इन्ट्री, स्टीयरिङ व्हील माउन्टेड कन्ट्रोलस, उत्कृष्ट ४०२ लिटरको बुट स्पेस. र अन्य विशेषताहरू सहित औराको सम्पूर्ण क्याबिन प्रिमियम र धेरै व्यावहारिक बनाइएको छ ।

हुन्डाई औराको बनावट गुणस्तर उच्च रहेको छ । एकीकृत ६५ % AHSS ले डिजाइन गरिएको हुदा, शरीरको संरचना हलुका भए पनी बनावट मज़बूत छ. जसले उच्च गतिको स्थिरतामा कहिल्लै सम्झौता गर्दैन । नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य रू. ३६ लाख ५६ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL