Logo

टिभिएसद्वारा नारायणी क्षेत्रमा एओजीको राइड सम्पन्न, सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी प्रदान

टिभिएसद्वारा नारायणी क्षेत्रमा एओजीको राइड सम्पन्न, सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी प्रदान



काठमाडौँ । टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्सबाट सौराहाको होटल पार्क ल्याण्ड सम्म राइडको आयोजना गर्यो । त्यस क्रममा ४० जना राइडर सहभागी थिए ।

laxmi

त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी समेत दिएका थिए । उनले भने ‘हामीले सडक सुरक्षा सम्वन्धी थप जानकारी दिने मौका पाएका छौं । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’ त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तव्य राखेका थिए । उनले अन्य व्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टिभिएसले गरेकोमा खुशी ब्यक्त गरे ।

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL