Logo

अटो बजारमा अप्रिलमा स्कोडा र टोयोटाको दबदबा, एमजीको विक्री घट्यो, कुन कम्पनीले कति बेचे गाडी ?

अटो बजारमा अप्रिलमा स्कोडा र टोयोटाको दबदबा, एमजीको विक्री घट्यो, कुन कम्पनीले कति बेचे गाडी ?



काठमाडौं । स्कोडा अटो र टोयोटा किर्लोस्कर मोटर (टिकेएम) को बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ। अप्रिलमा स्कोडा अटोको बिक्री पाँच गुणा बढेर ५१५२ युनिट पुगेको छ । एक वर्षअघि सोही महिनामा कम्पनीले ९६१ बनाएको थियो ।

laxmi

स्कोडा

अप्रिलमा स्कोडा अटोको बिक्री पाँच गुणा बढेर ५,१५२ युनिट पुगेको छ। एक वर्षअघि सोही महिनामा कम्पनीले ९६१ गाडी बिक्री गरेको थियो । स्कोडा अटो इन्डियाका ब्रान्ड डाइरेक्टर ज्याक होलिसले भने, “कम्पनीले सेडानका कारण बिक्रीको हिसाबले नयाँ उचाइहरू हासिल गरिरहनु खुशीको कुरा हो। स्लाभिया मोडेल धेरै सफल छ। यससँगै कुशक एसयूभीले पनि हरेक दिन नयाँ ‘होम’ पाइरहेको छ ।

टोयोटा

टोयोटा किर्लोस्कर मोटर (टिकेएम) को बिक्री अप्रिलमा ५७ प्रतिशतले बढेर १५,०८५ इकाई पुगेको छ। कम्पनीले आइतबार सो जानकारी दिएको हो । गत वर्ष अप्रिलमा कम्पनीले ९ हजार ६ सय गाडी डिलरलाई पठाएको थियो । टिकेएमको एसोसिएट उपाध्यक्ष सेल्स एण्ड मार्केटिङ अतुल सूद, ले भने, “नयाँ आर्थिक वर्षमा माग बढेको छ। हाम्रो बिक्री अप्रिल, २०२१ को तुलनामा यस वर्ष ५७ प्रतिशतले बढेको छ।”

एमजी

एमजी मोटर इन्डियाको बिक्री अप्रिल २०२१ मा २५६५ इकाइबाट अप्रिलमा २२ प्रतिशतले घटेर २००८ एकाइमा पुगेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै विश्वका विभिन्न भागमा आकस्मिक नयाँ कोभिड लकडाउनका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण उत्पादन प्रभावित भएको जनाएको छ ।

कम्पनीले कोभिडको नयाँ अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । र त्यसलाई सम्बोधन गर्न पूर्व तयारी भइरहेको छ । एमजी मोटर इन्डियाले हेक्टर, एस्टोर र ग्लोस्टरले बुकिङका सन्दर्भमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेकाले गाडीहरूको माग बलियो रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL