Logo

नेपालमा इलेक्ट्रिक गाडी ‘ओरा गुड क्याट’को रोड टेस्ट सफलतापूर्वक सम्पन्न

नेपालमा इलेक्ट्रिक गाडी ‘ओरा गुड क्याट’को रोड टेस्ट सफलतापूर्वक सम्पन्न



काठमाडौं । ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । र छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओरा क्याटले उकाली–ओरालीे, कालोपत्रे, ग्राभेल गरिएको सबैतिर उत्कृष्ट प्रदर्शन गरेको छ ।

जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हुन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाव र विना चालकको सीटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गरेको छ । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेटवाल मोटरलाई अगाडि बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हु कम्पनीले दाबी गरेको छ ।

ओरा सहर र अप्ठ्यारो सडकमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ । यो जर्मनी, अस्ट्रिया, अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञसहित राम्रो डिजाइन र विकास गरिएको हो ।

यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकीकृत गर्दछ । साथै, ओरा गुड क्याटपछि ग्रेटवाल मोटर नेपालले २०२२ भित्र ओरा अन्तर्गत थप दुई इलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्च गर्ने योजना बनाएको छ ।

ग्रेटवाल मोटर नेपालले हाभल एच ६, हाभल जोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ता हो । २०२५ सम्ममा विश्व बजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८० प्रतिशत भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL