Logo

युनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राय नियुक्त

युनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राय नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राय नियुक्त भएका छन् । युनिलिभरले रायलाई यहि नोवेम्बर २८ तारिखदेखि कार्यभार सम्हाले गरी नियुक्त गरेको हो ।

युनिलिभरका तत्कालिन प्रबन्ध निर्देशक सुयस चौधरीले राजिनामा दिएसँगै कम्पनीले रायलाई नियुक्त गरेको हो । चौधरी १५ महिना अघि श्रीकान्त श्रीनिवास माधवनको उत्तराधिकारीको रुपमा उनी नेपाल आएका थिए ।

युनिलिभरले भर्खरै प्रबन्ध निर्देशकमा नियुक्त गरेका राय यस अघि साउथ इण्डियाका जनरल म्यानेजरको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL