Logo

फोटनको नयाँ सोरुम ललितपुरमा, आगामी आइतबार उद्घाटन गरिने

फोटनको नयाँ सोरुम ललितपुरमा, आगामी आइतबार उद्घाटन गरिने



काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले आगामी आइतबार नयाँ सोरुम सार्वजनिक गर्ने भएको छ । कम्पनीले ललितपुर, बालकुमारीमा चैत ८ गते विश्वस्तरीय सोरुम सार्वजनिक गर्ने भएको हो ।

laxmi

एमएडब्लु वृद्धिल ३ करोड रुपैयाँभन्दा बढी लगानी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम संचालनमा ल्याउन लागेको जानकारी दिएको हो । नेपालका चर्चित मिडिया पर्सनालिटी सुरज सिंह ठकुरीले संचालन गर्ने ‘लन्च सेरेमोनी’ फोटन मोटर नेपालको फेसबुक, इन्टाग्राम र युट्युब च्यानलमा आइतबार दिउँसो १ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

नेपालमा फोटनको ‘ठूलो योजना’अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गरिसकेको छ । साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना बनाएको कम्पनीले जानकारी दिएको छ ।
फोटन चीनका कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हाँसिल गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई १ सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL