Logo

नेप्सेमा थपियो ‘लगानी’ समूहको परिसुचक, अबदेखि १६ ओटा परिसुचक गणना र प्रकाशन गरिने

नेप्सेमा थपियो ‘लगानी’ समूहको परिसुचक, अबदेखि १६ ओटा परिसुचक गणना र प्रकाशन गरिने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नयाँ परिसुचकको थप गरेको छ । नेप्सेले सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहकों व्यवस्था गरी सोही अनुरूप समूहगत परिसूचक गणना थालेको हो ।

laxmi

नेप्सेमा हाल सूचिकृत रहेका २१८ कम्पनीहरुलाई ११ समहमा विभाजन गरी समूहगत परिसूचक गणना गरिदै आएकोमा अबमा दिनमा ‘लगानी’ समूह थप गरी १२ वटा समूहका समूहगंत परिसूचक कायम गरेको छ । यसैगरी परिवर्तीत व्यवस्था अनुसार आगामी दिनमा नेप्सेले म्युचुअल फन्ड, सेन्सेटिन, सेन्सेटिभ फ्लोट’ र समग्र बजार परिसूचक नेप्से’ गरी १६ वटा परिसुचक गणना र प्रकाशन गर्नेछ । नेप्सले उक्त व्यवस्थालाई यहि फागुन १६ अर्थात आईतबारदेखि कार्यान्वयनमा ल्याउने भएको छ ।

नेप्सेले ‘अन्य’ समूहमा रहेका ८ वट कम्पनीमध्येबाट ४ वटा कम्पनीलाई लगानी समूहमा राखी नयाँ समूह बनाइएको छ । थप गरिएको लगानी समुहमा नागरिक लगानी कोष, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल पूर्वाधार बैंक र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टलाई राखिएको छ ।

साबिकको होटल्स समूहको नाम परिवर्तन गरी ‘होटल्स तथा पर्यटन’ समूह बनाइएको छ । सो समुहमा यस अघि रहेका होटलका साथै चन्द्रागिरि हिल्स लिमिटेडलाई थप गरिएको छ ।

नयाँ व्यवस्थाबाट समूह विभाजन र परिसूचक गणनामा थप स्पष्टता आई बजार सम्बन्धी सूचना विश्लेषण गर्न सरोकारवालालाई सहज हुने नेप्सेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL