Logo

नेप्सेको कारोबारमा रेकर्ड ब्रेक, ५० अंकले बढ्दा ९ अर्ब ३७ करोडको कारोबार

नेप्सेको कारोबारमा रेकर्ड ब्रेक, ५० अंकले बढ्दा ९ अर्ब ३७ करोडको कारोबार



काठमाडौं । लगातार बढिरहेको नेप्से परिसुचकले कारोबार रकमको नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन बिहानैदेखि उकालो लागेको सेयरबजारमा आज हालसम्मकै उच्च ९ अर्ब ३७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको हो ।

नेप्सेका अनुसार आज दिनभरी २ सय ७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँ पुगेको हो । साताको पहिलो दिन ५० अंकले बढेको बजारमा व्यापार समुहको परिसुचक भने ओरालो लागेको छ ।
दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक उकालो लागेको छ । सो समुहको २ सय २१ अंकले उकालो लाग्दा जीवन बीमा समुहको परिसुचक भने १ सय ६५ अंकले उकालो लागेको हो । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा आज २१ अंकको वृद्धि हुँदा अतिरिक्त समुहको परिसुचक १ सय ४ अंकले उकालो लागेको छ । यसैगरी विकास बैंक समुहको परिसुचकमासमेत ५० अंकको बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL