Logo

पोखरामा नाडा र वाडाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, अटोमोबाईलको तथ्यांक राख्नुपर्नेमा जोड

पोखरामा नाडा र वाडाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, अटोमोबाईलको तथ्यांक राख्नुपर्नेमा जोड



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन ( वाडा )बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

laxmi

आईतबार आयोजित कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने जानकारी दिएका छन् । यस्तै उनले प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनुपर्ने भन्दै सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको बताए ।
अहिलेको विधानमा सबै प्रदेशहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयाश गरिएको उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एक जुट भएर अघि बढनु पर्ने धारणा राखेका छन् । उनले सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको आफुलाई महसुस भईरहेको बताए ।

यसै क्रममा उनले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनु पर्ने धारणा राखेका छन् । त्यसै क्रममा उनले अटोमोवाइल वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी रहेको समेत बताएका छन् । यसो भएमा हामीले तथ्यगत रुपमा आफना मागहरु सरकार समक्ष राख्न सक्ने हुँदा हामा्र मागहरु पुरा हुन सक्ने सम्भावना बढेर जान्छ ।

सो कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिँदै त्यसको समाधानका लागी समेत आफनो सुझाबहरु व्यक्त गरे । यसै क्रममा उनले सबै व्यवसायीहरुले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्नु पर्ने धारणा समेत राखेका छन्

प्रतिक्रिया दिनुहोस्
MBL