Logo

नेप्सेलाई संसद विघठनको झड्का : एकैदिन ९७ अंकले ओरालो लाग्यो, बढ्यो बिक्री चाप

नेप्सेलाई संसद विघठनको झड्का : एकैदिन ९७ अंकले ओरालो लाग्यो, बढ्यो बिक्री चाप



काठमाडौं । सरकारले संसद विघठनको निर्णय गर्दा त्यसको झड्का नेप्से परिसुचकमा देखिएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछिको निर्देशन पश्चात सामान्य रुपमा ओरालो लागेको नेप्से परिसुचक आज भएको संसद विघठन पछि उच्च रुपमा घट्न पुगेको छ ।

laxmi

आईतबार बिहान संसद विघठनको हल्लासँगै आरोलो लागेको नेप्से परिसुचक राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघठनको निर्णय गरेर विज्ञप्ती जारी गरेसँगै उच्च रुपमा घट्न पुगेको हो । अन्तत बजार बन्द हुँदा नेप्से परिसुचक ९६.८८ अंकले घटेको छ ।

आईतबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ६६९अंकभन्दा बढीले घट्न पुगेको छ । यसैगरी बजारमा निर्जीवन बीमा समुहका परिसुचकमा ५३० अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ४४ अंकले घट्न पुग्दा उत्पादनमुलक समुहको परिसुचक १४०, अतिरिक्त समुह १३९, जलविद्युत समुह ११०, विकास बैंक समुह ८१ र व्यापार समुहमा ८६ अंकको गिरावट आएको छ ।

देशमा संसद विघठनसँगै आएको राजनीतिक अन्यौलतामा कारण बजारमा बिक्री चाप परेको छ । आईतबार कुल ८ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १९८ कम्पनीको १ करोड ३९ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL