Logo

नागरिक लगानी कोषले पायो हकप्रद निष्काशनको अनुमति, १०० कित्ता सेयर हुनेले थप ८२ कित्ता पाउने

नागरिक लगानी कोषले पायो हकप्रद निष्काशनको अनुमति, १०० कित्ता सेयर हुनेले थप ८२ कित्ता पाउने



काठमाडौं । नागरिक लगानी कोषले हकप्रद सेयर निष्काशनको लागि अनुमित पाएको छ । नियामक निकायले धितोपत्र बोर्डले आजै (बिहीबार) मात्रै हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको हो ।

laxmi

कोषले यसअघि प्रतिकित्ता शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) अनुपातले साबिकका सेयरधनीलाई हकप्रद सेयर जारी गर्न बोर्ड समक्ष आवेदन दिएको थियो । सोही अनुरुप बोर्डले आज स्वीकृति दिएको हो ।

जस अनुरुप अबका दिनमा कोषले प्रति सेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर जारी गर्ने छ । हाल कम्पनीको बजारमा कारोबार भैरहेको सेयर मूल्य प्रतिकित्ता ५ हजार ४ सय रुपैयाँ रहेको छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL