Logo

नेपाल बैंकका लगानीकर्तालाई १६ प्रतिशत लाभांश, यस्तो छ बोनस सेयर र नगदको अनुपात

नेपाल बैंकका लगानीकर्तालाई १६ प्रतिशत लाभांश, यस्तो छ बोनस सेयर र नगदको अनुपात



काठमाडौ । नेपाल बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

laxmi

केही समय अघि बैंकले आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो । बुधबार मात्रै राष्ट्र बैंक उक्त वित्तीय विवरणलाई स्वीकृति दिएर पठाएकाले बैंक संचालक समितिले सोही दिन बसेको बैंठकले लाभांशको प्रस्ताव गरेको हो ।

संचालक समितिले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने गरी प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नियामक निकाय राष्ट्र बैंकले स्वीकृति दिए पश्चात बैंकको आगामी दिनमा बस्ने संचालक समितिको निर्णयले पारित गरेर वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL