Logo

कृषि विकास बैंकले १५ प्रतिशत लाभांस दिने, चुक्ता पूँजी १० अर्व ३५ करोड पुग्ने

कृषि विकास बैंकले १५ प्रतिशत लाभांस दिने, चुक्ता पूँजी १० अर्व ३५ करोड पुग्ने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१५ माघ, काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७०/७१ को नाफाबाट उक्त लाभांश दिन लागेको हो । बैंकको विहीबार वसेको बैंक संचालक समितको बैंठकले सो निर्णय गरेको हो ।

बैंकले दिन लागेको १५ प्रतिशत लाभांशमा ७ दशमलव ५ प्रतिशत बोनश सेयर दिइने छ भने ७ दशमलव ५ प्रतिशत नगद लाभांस दिने निर्णय भएको बैंक स्रोतले बताएको छ ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्व ६३ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनश सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी १० अर्व ३५ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आवमा १ अर्व ५० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस्तै, चालू आवको पहिलो त्रैमासमा २१ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL