Logo

६ अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार

६ अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार



काठमाडौं । पछिल्लो समय उत्तारचढावका बीच रहेको सेयरबजार आज ओरालो लागेको छ । साताको चौथो दिन आज नेपाल स्कट एक्सचेन्ज (नेप्से) परिसुचक ६ दशमलव २० अंकले ओरालो लागेको हो । आज सबैभन्दा बढी जिबन बीमा समुहको परिसुचकमा गिरावट आएको छ । बुधबार ओरालो लागेको बजारमा जिबन बीमा समुहको परिसुचक १६० अंकले ओरालो लाग्दा निर्जिबन बीमा समुहको परिसुचकमा भने १३८ अंकको गिरावट आएको छ ।

laxmi

यस्तै अघिल्ला दिनहरुमा उकालो लागेको जलविद्युत समुहको परिसुचकमा भने आज २४ दशमलव ३६ अंकको पहिरो गएको छ । आज अन्य समुहको परिसुचक २६ अंकले घट्दा फाईनान्स समुहको परिसुचकमा २ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

साथै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक भने आज शुन्य दशमलव ९५ अंकले उकालो लागेको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढी लघुवित्त समुहको परिसुचक ७६ अंकले उकालो लागेको छ । नेप्सेका अनुसार आज व्यापार, उत्पादनमुलक र होटल समुहका परिसुचक क्रमशः २४, २० र ७ अंकले उकालो लागेका छन् भने विकास बैंक समुहको परिसुचक ८ अंकले उकालो लागेको छ ।

आज दिनभरी विभिन्न १ सय ९९ कम्पनीका १ करोड ५ लाख ५८ हजार ३ सय ९१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५ सय ७८ रुपैयाँको कारोबार भएको छ । आज विभिन्न २ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL