Logo

सेयर बजार दोहोरो अंकले उकालो लाग्दा ७ अर्ब बढीको कारोबार

सेयर बजार दोहोरो अंकले उकालो लाग्दा ७ अर्ब बढीको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । पछिल्लो समय उत्तारचढावका बीच रहेको सेयरबजारमा आज नेप्से परिसुचक ५६ दशमलव ७२ अंकले उकालो लागेको हो ।

laxmi

सोमबार बजार खुलेदेखि उत्तारचढावसहित उकालो लागेको बजारमा जलविद्युतबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसअनुसार सबैभन्दा बढी निर्जिबन बीमा समुहको परिसुचक ३७९ अंकले बढेको छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि आज २२ अंकले बढ्दा लघुवित्त समुहको परिसुचक भने १३६ अंकले बढेको छ ।

यस्तै व्यापार समुहको परिसुचकमा १६१ अंकको सुधार आउँदा उत्पादनमुलक समुहको परिसुचकमा १०६ अंकको वृद्धि आएको छ । आज बजारमा २ सय २ कम्पनीका १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनवेच हुँदा कारोबार रकम भने ७ अर्ब २१० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँ पुगेको छ । आज प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL