Logo

ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रिय सदस्यमा शैलेन्द्र गुरागाई निर्वाचित

ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रिय सदस्यमा शैलेन्द्र गुरागाई निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शैलेन्द्र गुरागाइ निर्वाचित भएका छन् । ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका गुरागाई महासंघको एशोसिएट्सतर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान)का निवर्तमान अध्यक्ष समेत गुरागाई लोकप्रिय मतका साथ विजयी भएका छन् । एशोसिएट्स सदस्यतर्फको कुल ९०३ मतमध्ये उनले ६६५ मत प्राप्त गरेका छन् ।

नेपालको जलविद्युत क्षेत्रका पायोनियर उद्यमी गुरागाइले चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल दुबैबाट मत पाएका थिए । उनी दुबै प्यानलको साझा उम्मेदवार समेत थिए । सनराइज बैंकका सञ्चालक समेत रहेका गुरागाइको रियल स्टेट, कलेजलगायतका क्षेत्रमा लगानी रहेको छ ।

आफ्नो विजयीसँगै नेपालको नीजि क्षेत्रको लगानी रहेको जलविद्युत क्षेत्रको विकास र सुधारका लागि थप योगदान पुर्याउनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL