Logo

एक दिन पनि टिकेन सेयरबजारको रौनक, नेप्सेको उत्तारचढावमा पिल्सिदै लगानीकर्ता

एक दिन पनि टिकेन सेयरबजारको रौनक, नेप्सेको उत्तारचढावमा पिल्सिदै लगानीकर्ता



काठमाडौं । दशैंपछि बुधबार पुनः संचालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वृद्धि १ दिन पनि टिक्न सकेन । बुधबार बजार खुलेकै दिन ४१ अंकले बढेको नेप्से परिसुचक बिहीबार अर्थात आज भने १ दशमलव ७८ अंकले ओरालो लागेको छ । नेप्सेका अनुसार बिहीबार कारोबार सुचारु समयमा बढेको नेप्से परिसुचक दिनभर उत्तारचढावसहित ओरालो लागेको हो ।

laxmi

आज निर्जिवन बीमा समुह, ट्रेडिङ, माईक्रोफाईनान्स जिबन बीमा, जलविद्युत र अन्य समुहका परिसुचकमा वृद्धि देखिएको छ । यस्तै उत्पादनमुलक, विकास बैंक र होटल समुहका परिसुचक भने ओरालो लागेका छन् । नेप्सेका अनुसार आज सबैभन्दा बढी निर्जिबन बीमा समुहको परिसुचक ३९ अंकले बढ्दा सबैभन्दा बढी गिरावट उत्पादनमुलक समुहको परिसुचकमा ३४ अंकको गिरावट आएको छ । साथै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहमा समेत आज ६ अंकको पहिरो गएको छ ।

यसरी उत्तारचढावबीच घटेको नेप्सेमा आज १ सय ९२ कम्पनीका १ करोड ३ लाख ६५ हजार ६ सय ७ कित्ता सेयर किनबेच भएका छन् । उक्त सेयरअन्तर्गत आज बजारमा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज शिव श्री जलविद्युतको सेयर मुल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL