Logo

सोमबार नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १ अर्ब ९४ करोडमा सिमित

सोमबार नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १ अर्ब ९४ करोडमा सिमित



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । आज बिहानैदेखि उत्तारचढावसँगै १ दशमलव ७४ अंकले बढेको हो ।

आज सामान्य बढेको बजारमा सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक उकालो लागेको छ । सोमबार विकास बैंक समुहको परिसुचक ७९ अंकले बढ्दा होटल समुहको परिसुचकमा ६ अंकको वृद्धि देखिएको छ । यस्तै व्यापार बैंकिङ र माईक्रोफाईनान्स समुहको परिसुचक भने क्रमशः २, २ र ३ अंकले उकालो लागेका छन् ।

तर सोमबार सबैभन्दा बढी गिरावट भने जिवन बीमा समुहको परिसुचकमा आएको छ । उक्त समुहको परिसुचकमा सोमबार २८ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचकमा भने १५ अंकको गिरावट आएको छ । साथै निर्जिबन बीमा समुह र फाईनान्स समुहको परिसुचकमा क्रमशः १५ र १२ अंकको गिरावट आएको छ । आज कोरोबार रकममा पनि सोही अनुसारको गिरावट आएको नेप्सेले जनाएको छ ।

आज विभिन्न १ सय ८९ कम्पनीका ६८ लाख १५ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL