Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक कारोबार समयको अन्तिम समयमा १३ दशमलव ३७ अंकले घटेको हो ।

दोहोरो अंकले घटेको बजारमा फाईनान्सबाहेक सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् ।
फाईनान्स समुहको परिसुचक १७ अंकले बढ्दा निर्जिवन बीमा समुहको परिसुचकमा सबैभन्दा बढी ८६ अंकको गिरावट आएको छ ।

यस्तै आज बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि १० अंकको गिरावट आउँदा म्यानुफ्याक्चरिङ र होटल समुहको परिसुचक क्रमशः ४८ र ३८ अंकले ओरालो लागेका छन् । यस्तै आज जलविद्युत समुहको परिसुचक पनि २७ अंकले ओरालो लागेको छ ।

बजारमा आज विभिन्न १ सय ९३ कम्पनीका ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL