Logo

सबै समुहका परिसुचक ओरालो लाग्दा बजारमा दोहोरो अंकको पहिरो, बीमा र जलविद्युतले डुबायो लगानीकर्ता

सबै समुहका परिसुचक ओरालो लाग्दा बजारमा दोहोरो अंकको पहिरो, बीमा र जलविद्युतले डुबायो लगानीकर्ता



काठमाडौं । मंगलबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै घट्न सुरु गरेको नेप्से परिसुचक अन्तमा २२ दशमलव ९१ अंकले घट्न पुगेको हो ।
दोहोरो अंकले घटेको बजारमा नेप्से परिसुचक १५५० अंकभन्दा तल झरेर अडिएको छ । बजारमा सबै समुहका परिसुचक ओरालो लाग्दा मंगलबार करिब २३ अंकको गिरावट आएको हो ।

laxmi

बजारमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचकमा गिरावट आएको छ । सो समुहको परिसुचक ११२ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक पनि १०९ अंकले ओरालो लागेको छ ।
यसैगरी बजारमा उच्च गिरावट आउने कम्पनीहरुमा जलविद्युत समुहका कम्पनीहरु रहेका छन् । अघिल्लो हप्ता बढेको जलविद्युत कम्पनीको सेयर यस हप्ता सोही अनुरुप गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार सो समुहको परिसुचक २२ अंकले घट्दा विकास बैंक समुहको परिसुचक पनि ४० अंकले ओरालो लागेको छ । यसैगरी बजारमा उत्पादनमुलक ३५, माईक्रोफाइनान्स २३, फाइनान्स समुह १२ अंकले घटेको छ । अघिल्लो हप्तासम्म बढिरहेको होटल समुहको परिसुचकमा पनि १५ अंकको गिरावट आएको छ ।

दिनभर बजारमा २ अबं १ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १९९ कम्पनीको ७ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधार भने शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३१ करोड ९४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL