Logo

सुजुकीको दशैं तिहार अफर, नयाँ मोटरसाईलक वा स्कुटर किन्दा १२ हजार नगद फिर्ता

सुजुकीको दशैं तिहार अफर, नयाँ मोटरसाईलक वा स्कुटर किन्दा १२ हजार नगद फिर्ता



काठमाडौं । सुजुकीले दशै तिहारलाई लक्षित गर्दै दशैं तिहार अफर सार्वजनिक गरेको छ । ब्राण्डकोे मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाईल्सले ‘सुजुकी दशै तिहार अफर’ सार्वजनिक गरेको हो ।

laxmi

‘चाडपर्व सबैको हौसला हाम्रो’ भन्ने नारा लिएको उक्त अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । यस्तै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ । सुजुकी दशै तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ ।

सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकवर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरु थप उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL