Logo

एलजीले ल्यायो नयाँ वर्ष उपहार योजना, ग्राहकहरूले नगद छुट र पक्का उपहार जित्नसक्ने

एलजीले ल्यायो नयाँ वर्ष उपहार योजना, ग्राहकहरूले नगद छुट र पक्का उपहार जित्नसक्ने



काठमाडौँ । एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै “नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ” नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु.१ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्नसक्नेछन् ।

laxmi

त्यस्तै एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४०% सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् । साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर(३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

ग्राहकहरूले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टि.भी. पनि जित्न सक्नेछन् । कुनै पनि एलजी टि.भी को खरिदमा रु.१ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् ।

ग्राहकहरूले लक्की ड्र र दुर्घटना बिमामा समावेश हुन विज्ञापनमा दिइएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ । यसका साथसाथै शून्य % ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्य भरी सीमित अवधि को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL