Logo

असोज २१ देखि चेम्बर एक्स्पो, निर्यात बृद्धिमा सहयोग पुग्ने

असोज २१ देखि चेम्बर एक्स्पो, निर्यात बृद्धिमा सहयोग पुग्ने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२८ भदौं, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले दशै अघि काठमाडौंमा चेम्बर मेला गर्ने भएको । उद्योग तथा वाणिज्य क्षेत्रको विकास र अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन सहजीकरणका लागि ‘नेपाल चेम्बर एक्स्पो २०७२’ आयोजनामा गर्न लागिएको चेम्बरले जानकारी दिएको छ । मेला वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा असोज २१ देखि २५ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ ।

देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्र सुस्ताइरहेको अवस्थामा एक्स्पोले व्यसायीमा नयाँ ऊर्जा थप्ने आयोजकको विश्वास छ । सोमबार पत्रकार सम्मेलन गरी चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्राण्ड स्वरुपमा एक्पो आयोजना गर्ने तयारी रहेको भएपनि भूकम्पका कारण सोच परिवर्तन गरिएको जानकारी दिए । ‘देशको व्यापार घाटा कम गर्न निकासी योग्य वस्तुको प्रवद्र्धन स्वरुप प्रदर्शनीमा राखिने छ,’ उनले भने, ‘आयात व्यवस्थापनका दृष्टिले समेत एक्स्पोको भुमिका महत्वपूर्ण रहने छ ।’ यस वर्ष दक्षिण कोरिया एक्स्पोको पार्टनर कण्ट्रीको रुपमा रहने भएको छ ।

एक्स्पोमा १ सय ८० स्टल रहने आयोजकले जानकारी दिएको छ । मेलामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनी तथा उद्योगी–व्यावसायीहरुका विभिन्न पेभेलियन रहने छन् । पार्टनर कण्ट्रि पेभेलियनमा करिब ४० वटा र फोकस कण्ट्रिमा १५ वटा स्टल रहने बताईएको छ । ती स्टलहरुमा सम्बन्धित देशका ब्राण्ड वस्तु तथा सामाग्रिको प्रदर्शन तथा बिक्री कक्षहरु राखिने छन् । दशैंको पूर्व सन्ध्यामा हुन गईरहेको एक्स्पोमा अवलोकन कर्ताले रुचिअनुसारका उपभोग्य सामाग्रीहरु एकै थलोमा खोज्न र किनमेल गर्न सहज हुने छ ।

कार्यक्रममा एक्स्पोले नेपाल र कोरियाबीचको कुटनीतिक सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नमा नेपालका लागि कोरियाली राजदुत स्यो योङ जिनले विश्वास व्यक्त गरे । एक्पोमा चेम्बरले पार्टनर कण्ट्रिको रुपमा राखेकोमा खुशी व्यक्त गरे । साथै देशबीच साँस्कृतिक समानता रहेको जानकारी दिँदव्यावसाय र संस्कृतिको साझा आयामको रुपमा एक्पोलाई सफल बनाउन राम्रो भुमिका रहने उनको भनाइ थियो । यसैगरी फोकस कण्ट्रिको रुपमा भियतनामलाई प्रस्तुत गरिएका छ ।

मेलामा अटो मोवाईल, ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स, फ्लोरिङ तथा फर्नि्सिङ, घरेलु उपकरणहरु, भान्सा, फेसन वेयर, मोबाईल तथा ग्याजेट, एएमसीजी लगायतका सामग्रीहरु रहने भएकाले चाडपर्वको अवसरमा किनमेलको उपयुक्त माध्ययम बन्न सक्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रमबाट दुई देशबीचको व्यापार सम्बन्ध अझ बढी स्थापित हुने व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरिप्रशाद घिमिरेको बताए । साथै, युरोपियन मुलुक भन्दा छिमेकीसँगको व्यापार प्रवद्र्धन आफूहरुको चाहना भएको उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL