Logo

सरकारको निर्णयमा व्यवसायीको काउन्टर, सार्वजनिक सवारीसाधन नचलाउने निर्णय

सरकारको निर्णयमा व्यवसायीको काउन्टर, सार्वजनिक सवारीसाधन नचलाउने निर्णय



काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउने निर्णय गरेपछि व्यवसायीले भने नचलाउने निर्णय गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यवसायीहरुले हालसम्म सरकारसमक्ष विभिन्न सर्तहरु राखेर सवारीसाधन संचालन गर्ने बताउँदै आएका थिए ।

laxmi

तर बिहीबार सरकारले व्यवसायीका कुनै सुझाव तथा सर्तहरुमा ध्यान नदिईकनै सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेपछि व्यवसायीले आकस्मिक बैठक बोलाएका थिए । उक्त आकस्मिक बैठकमा सरकारले सार्वजनिक यातायात चलाउने वातावरण नबनाईकनै सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेपछि व्यवसायीले पनि उक्त निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

महासंघले बैंकको किस्ता र ब्याज तिर्नै धौधौ भईरहेको र पछिल्लो ३ महिनादेखि गाडीहरु ग्यारेजमै थन्किएका कारण संचालन गर्न नसकिने बताउँदै आएका छन् । महासंघले सावजनिक सवारी संचालन गर्नका लागि बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुर्नकर्जाको व्यवस्था लगायतको माग सम्बोधनलगायतका सर्त राखेका छन् । यस्तै महासंघले चालक र सहचालकको ग्यारेन्टीसमेत गर्न सरकारसमक्ष माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL