Logo

दुई घण्टामै ६ प्रतिशले बढेर सेयर बजार बन्द, कारोबार रकम ५० प्रतिशतले घट्यो

दुई घण्टामै ६ प्रतिशले बढेर सेयर बजार बन्द, कारोबार रकम ५० प्रतिशतले घट्यो



काठमाडौं । सोमबार लगातार घटेको बजार मंगलबार लगातार बढ्दा सर्किट ब्रेकर लागेको छ । लगातार बढेको सेयर बजारमा बजार खुलेको पहिलो १ घण्टामै ४ प्रतिशतले बढ्दा सर्किट ब्रेक लाग्दा २० मिनेट कारोबार रोकिएको थियो ।

laxmi

यस्तै २० मिनेटपछि संचालन भएको बजार पुनः ५ प्रतिशतले बढ्दा ४० मिनेट बजार स्थगित भएको थियो । पुनः ४० मिनेटपछि खुलेको बजार बढ्ने क्रम नरोकिएपछि तेस्रो सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।

२ घण्टामै ६ प्रतिशतले बढेर बन्द भएको सेयर बजारमा नेप्से परिसुचक ७२ अंकले उकालो लागेको छ । सो अबधिमा १ सय ३४ कम्पनीका ४ लाख ८९ हजार ५ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

जसमा म्युचुअल फण्ड र होटल समुहका बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । मंगलबार बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ६३४ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समुहको परिसचुकमा पनि २९६ अंकको वृद्धि भएको छ ।

यसैगरी बजारमा उत्पादनमुलक समुहको परिसुचक १२२ अंकले बढ्दा बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ७२ अंकको वृद्धि भएको छ ।

बढेर तेस्रो सर्किट हानेको बजारमा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अधिल्लो दिन ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार २२ करोड ७२ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL