Logo

सेयर बजार खोल्न अर्थ समितिको चासो, लगानीकर्ता संघसंसस्था र आर्थिक पत्रकारलाई नियमन गर्न सुझाव

सेयर बजार खोल्न अर्थ समितिको चासो, लगानीकर्ता संघसंसस्था र आर्थिक पत्रकारलाई नियमन गर्न सुझाव



काठमाडौं । लामो समयदेखि बन्द रहेको पूँजी बजार खुला गर्न संघीय संसदको अर्थ समितिले चासो देखाएको छ । नेपालको पूँजी बजार लामो समयदेखि अन्यौलमा अवस्थमा रहँदा यसले भ्रम सिर्जना गरेको भन्दै यसलाई थप व्यवस्थित गरेर संचालनमा ल्याउन समितले बोर्डमै पुगेर उक्त सुझाव दिएको थियो ।

laxmi

धितोपत्र बजार तथा नियमन सम्बन्धमा अध्ययनका लागि अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको नेतृत्वमा बोर्डमा छलफलमा अधिकांश सांसदहरुले पूँजी बजार बन्द हुनुको कारणको वारेमा चासो राखेका थिए । कार्यक्रममा अर्थ समितिका सभापति दाहालले नेपालको वित्तीय प्रणालीमा पूँजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने बताए ।

साथै धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिएता पनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको उनको भनाई थियो । आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पूँजी बजारलाई अन्तरराष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागिमार्ग निर्देशन दिएका थिए । साथै बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्ने बताउँदै बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिएका थिए ।

यसैगरी पूँजी बजार अध्ययन उपसमितिका संयोजक तथा अर्थ समितिका सदस्य सांसद राम कुमारी झाक्रीले अबका दिनमा पूँजी बजारका लागनीकर्ता सम्बन्धी संघसंस्था तथा आर्थिक पत्रकारहरुलाई समय नियमनको दायरामा ल्याउनु पर्ने बताएकी छिन् । सोमबार धितोपत्र बोर्ड र अर्थसमितिका सदस्यहरुहरुबीचको अन्तरिक्रिया कार्यक्रममा बोल्दैे पूँजी बजार सुधारका लागि लगानीकर्ता सम्बन्धी संघसंस्थाको गतिविधिको अनुगमन गर्नुपर्ने बर्ताएकी हुन् ।

हाल नेपालको पूँजी बजारको आकारको आधारमा लागनीकर्ता सम्बन्धी संघसंस्था बढी भएको र अबका दिनमा त्यस्ता संघसंस्था कति ओटा चाहिने हो, उनीहरुले केकस्ता गतिविधि गर्न पाउने हो सो सम्बन्धमा आचार संहिता नै लागू गर्नुपर्ने उनको तर्क थियो । साथै आर्थिक पत्रकारहरुले पनि पूँजी बजार विकासका लागि केकस्ता समाचार संप्रेषण गर्नुपर्ने हो, कस्ता खालका समाचार प्रकाशित गर्न नमिल्ने हो सो सम्बन्धमा समेत आचार नियमन निकायसँग समन्वय गरेर आचार संहिता बनाउन सुझाव दिएकी छिन् । साथै नेपालको पँुजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने तथा बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्नु पर्ने उनको भनाई थियो ।

छलफलमा अर्थसमितिका सदस्यहरु राम कुमारी झाक्री, मटमणी चौधरीज्यू, प्रमिला राई, अर्थ समितिका सचिव सुरेन्द्र अर्याल, अर्थ समिति सचिवालयका उप सचिव सिता काफ्ले रहेका थिए । यसैगरी बोर्डका तर्फबाट अध्यक्ष भिष्मराज ढुंगान, उप कार्यकारी निर्देशक डा. नबराज अधिकारी, कार्यकारी निर्देशक निरज गिरी लागयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिए । उनले पूँजी बजार संवेदनशिल बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको बताए ।

साथै बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL