Logo

लगानीकर्ताको भावना विपरित सेबोन र नेप्से, आजदेखि सेयर बजार अनिश्चितकालिन बन्द

लगानीकर्ताको भावना विपरित सेबोन र नेप्से, आजदेखि सेयर बजार अनिश्चितकालिन बन्द



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आजदेखि सेयर बजार अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेको छ । अधिकांश लगानीकर्ताले बजार खोल्न माग गरिरहँदा नेप्सेले भने धितोपत्र बोर्डको निर्देशन भन्दै सेयर बजार अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेको हो ।

लकडाउन शुरु भएसँगै बन्द भएको सेयर बजार आजदेखि खुल्ने तयारी गरिएको थियो । तर धितोपत्र बोर्डले पत्र काट्दै अनिश्चितकालिन बन्द गर्न निर्देशन दिएसँगै सोही अनुरुप बजार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेले एक सुचना जारी गर्ने बोर्डको अर्को निर्देशन नभएसम्मका लागि बजार बन्द रहने जानकारी दिएको हो । हाल लगानीकर्ता, ब्रोकर लगायतका संस्थाहरुले तत्काल सेयर बजार खुला गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL