Logo

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ऋणीका लागि नयाँ अफर, संचालकको भत्तामा पनि कटौती

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ऋणीका लागि नयाँ अफर, संचालकको भत्तामा पनि कटौती



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले कोरोना महामारीलाई लक्षित गर्दै कर्जाको ब्याजदरमा छुट योजना ल्याएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकका साथै संस्थाको तर्फबाट पनि ऋणीहरुले तिर्ने कर्जाको ब्याजमा थप छुट घोषणा गरेको हो ।
बैंक संचालक समितिको बुधबार बसेको बैंठकले चैत मसान्तसम्म बुझाउनुपर्ने सबै प्रकारको कर्जा तथा बुझाउन बाँकी रहेको रकम यही बैंशाख २० गतेसम्म बुझाएमा सम्पूर्ण ब्याज रकममा आधारदरभन्दा कम नहुनेगरी १० प्रतिशतका दरले छुट दिने निर्णय गरेको हो ।
यसैगरी बैंठकले संचालकको बैंठक भत्ता समेत घटाएको छ । कोरोनाको असरलाई मध्यनजर गर्दै संचालहरुले हाल खाईपाई आएको बैंठक भत्तालाई ६ महिनासम्मका लागि ५० प्रतिशतले घटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL