Logo

नेप्से फ्ल्यासब्याक २०७६ : हेर्नुहोस बजारबाट कसले कमाए कसले गुमाए ?

नेप्से फ्ल्यासब्याक २०७६ : हेर्नुहोस बजारबाट कसले कमाए कसले गुमाए ?



काठमाडौं । सेयर कारोबारका लागि २०७६ साल धेरैनै उतारचढाव भएपनि समग्र लगानीकर्ताको हितमा नै देखिएको छ । बजारमा भएको क्षणिक उतारचढाबका कारण धेरै लगानीकर्ताले सेयर कारोबारबाट गुमाउनुपरे पनि परिसचुकको आधारमा भने २०७५ को तुलनामा कमाउन पुगेको देखिएको छ ।

laxmi

नेप्सेको तथ्याङ्क अनुसार सुचिकृत विभिन्न ११ वटा उपसमुहमध्ये ७ वटा समुहका लगानीकर्ताले भने २०७६ सालमा अघिल्लो बर्षको तुलनमा कमाउन पुगेका छन् । यो बर्ष सबैभन्दा बढी व्यापार समुहका लगानीकर्ताले कमाए भने सबैभन्दा बढी जलविद्युत समुहका लगानी गर्ने लगानीकर्ताले गुमाउन पुगेका छन् ।

नेप्सेको तथ्याङ्क अनुुसार २०७५ को तुलनमा २०७६ सालमा व्यापार समुहको परिसुचक २१२ प्रतिशतले बढेर ७६३ अंकमा पुगेको छ । यसैगरी लगानीकर्ताले माइक्रोफाइनान्स समुहबाट पनि राम्रो आम्दानी गरेका छन् । सो समुहका परिसुचक करिव ४७ अंकले बढ्दा तेस्रोमा सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक १५ दशमलव ६३ अंकले उकालो लागेको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ३ दशमलव ९१ अंकले मात्र उकालो लागेको छ । उक्त समुहको वृद्धि हेर्दा २०७६ समग्र रुपमा लगानीकर्ताको लागि त्यति फलदायी बन्न पुगेन ।

यस बर्ष जलविद्युत क्षेत्रका लगानीकर्ताले अघिल्लो बर्षको तुलनमा १८ प्रतिशतले आफ्नो सम्पती गुमाउन पुगे भने होटल समुहका लगानीकर्ताले ९ प्रतिशत र निर्जीवन बीमा र अतिरिक्त समुहमा लगानी गर्ने लगानीकर्ताले ३÷३ प्रतिशतले आफ्नो पोर्टफोलियो गुमाउन पुगेका छन् ।

२०७६ सालमा नेप्से फागुन १५ गते सबैभन्दा १६३२ दशमलव १८ अंकमा पुगेको थियो भने सबैभन्दा कम मंसिर १० गते ११०९ दशमलव १७ अंकमा झरेको थियो । यो बर्ष बजारमा नेप्से परिसुचक ५२३ अंकले तलमाथी हुन पुग्यो ।

बर्षभरी समग्रमा तुलना गर्दा अघिल्लो बर्षको तुलनमा लगानीकर्ताको लागि फलदायी रहने पनि समयसमयमा भैरहने उतारचढावका कारण धेरैजसो लगानीकर्ता मर्कामा परेका छन् । नेप्से परिसुचक ११ सय अंकबाट पुगेर १६ सय अंकभन्दा माथि पुग्दा केही लगानीकर्ताले राम्रो कमाए भने सो विन्दुबाट ओरालो लागेर १२५१ अंकमा झर्दा धेरैजसो लगानीकर्ताहरुले गुमाउन पुगेका छन् ।

यसैगरी नेप्सेमा ‘क’ कम्पनीहरु सुचिकृत हुने सेन्सेटिभ समुहको परिसुचक पनि सामान्य रुपमा बढ्न पुगेको छ । सो समुहको परिसुचक २०७५ को तुलनमा करिव प्रतिशतले बढेर २७१ बिन्दुमा पुगेर अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL