Logo

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, तपाईलाई कति कित्ता पर्यो ?

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, तपाईलाई कति कित्ता पर्यो ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारको लागि जारी गरेको साधारण सेयर(आइपीओ) बाँडफाँड गरेको हो ।

laxmi

कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँको आइपीओ निष्कासन गरेको थियो । जसमा ३ लाख ९० हजार ६३८ जना आवेदकले सेयर पाएका छन् ।

कम्पनीका अनुसार उक्त आईपीओमा ४० कित्तासम्म आवेदन दिएका सबैले माग अनुसार नै सेयर पाएका छन् । तर ५० कित्ताभन्दा बढी आइपीओ भर्नेहरुले न्यूनतम ४० कित्ता र गोलाप्रथाबाट थप १० कित्ता गरी ५० कित्तासम्म पाएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ७७ हजार २४५ जनाले ५० कित्ता सेयर पाएका छन् ।

पुर्नबीमा कम्पनीको आईपीओमा ३ लाख १३ हजार ६४८ जनाले ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिएका थिए । जसमध्ये ७७ हजार २४५ले गोलाप्रथाद्धारा ५० कित्ता सेयर पाएका छन् ।

यसैगरी ४० कित्ताको लागि २० हजार ९२९ जनाको आवेदन परेको थियो भने उनीहरुले माग अनुरुप सेयर पाएको कम्पनीले जानकारी दिएको छ ।

यस्तै ३० कित्ताको लागि १२ हजार ७२३ जनाले आवेदन दिँदा २० कित्ताको लागि १५ हजार ५९० जना र २७ हजार ७४८ जनाले १० कित्ता सेयरको लागि मात्र आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये ९१८ जना आवेदकको आवेदन रद्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL