Logo

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली



काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहिबार बिहान सर्वसाधारणमा शेयर बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

कम्पनीले पहिलो चरणमा स्थानीयलाई बिक्री गर्दा विक्री हुन नसकेको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । कुल कित्तामध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि र १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो ।

कर्मचारीलाई छुट्याईएको मध्ये १ हजार ८०१ कित्ताको लागि आवेदन नपरेपछि सो समेत जोडेर सर्वसाधारणमा कुल ६ लाख २५ हजार १ सय ९० कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

यो आईपीओ खरीदका लागि कुल १३ लाख ५८ हजार २२० जना आवेदकले आवेदन दिएकोमा १ हजार ९९६ जनाको आवेदन रद्द भएको समेत विक्री प्रबन्धकले जानकारी दिएको छ ।
रितपूर्वक आवेदन दिएका योग्य रहेका १३ लाख ५६ हजार २२४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाको माध्यमबाट ६२ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । यो आईपीओ खरीदका लागि आवेदन दिने १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल जेठ २७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २६ करोड ११ लाखभन्दा बढी छ ।

अधिकृत चुक्तापूँजी रू. ६२ करोड रहेको कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ६० लाख रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६२ करोड कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL