Logo

आजदेखि शेयर कारोबार समय १ घण्टा बढ्यो, अब ४ बजेसम्म बजार खुल्ने

आजदेखि शेयर कारोबार समय १ घण्टा बढ्यो, अब ४ बजेसम्म बजार खुल्ने



काठमाडौं । आजदेखि शेयर कारोबार समय १ घण्टा बढेको छ । यससागै अब दैनिक ५ घण्टा शेयर कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चैत २ गतेदेखि लागु हुनेगरी कारोबार समय १ घण्टा बढाएपछि अब बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मको लागि कारोबार समय निर्धारण भएको छ ।

नेप्सेको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समयलाई बढाउने निर्णय गरेको नेप्सेले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार नेप्सेले त्यस्तो निर्णय गरेको हो । बोर्डले फागुन १८ गते नेप्सेलाई पत्र लेख्दै दैनिक १ घण्टा कारोबार समय बढाउन सकिने नसकिनेबारे राय मागेको थियो ।

पहिले शेयर बजार दैनिक ३ घण्टा खुल्थ्यो । १२ बजेदेखि ३ बजेसम्म खुल्ने बजारलाई २०७३ साउनदेखि दैनिक ४ घण्टा बनाइएको थियो । त्योबेला कारोबार खुल्ने समयलाई १ घण्टा अघि सारिएको थियो । अहिले कारोबार भने कारोबार बन्द हुने समयलाई १ घण्टा पछि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL